नियम २२
कारोबारको विवरण पेश गर्नु पर्ने
(१) दलाल वा बजार निर्माताले प्रत्येक दिन आफूले गरेको ऋणपत्रको दोस्रो बजार कारोबारको विवरण धितोपत्र बोर्डले तोकेको ढाँचामा सोही दिन बैङ्क, धितोपत्र बोर्ड र धितोपत्र बजार समक्ष पेश गर्नु पर्नेछ ।
(२) दलाल तथा बजार निर्माताले आफूले गरेको ऋणपत्रको दोस्रो बजार कारोबारको विवरण अर्ध वार्षिक वा वार्षिक रुपमा धितोपत्र बोर्डले तोकेको ढाँचामा बैङ्क तथा धितोपत्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।